काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको सुनुवाई आज हुने भएको छ ।
बिहीवार दिउँसो १ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकले प्रमुख आयुक्त घिमिरेको सुनुवाई गर्ने भएको हो ।
संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।
सुनुवाई विशेष समितिले घिमिरेको नाम अनुमोदन गरे राष्ट्रिपतिले प्रमुख आयुक्तमा नियुक्ती गर्ने सैवैधानिक व्यवस्था छ ।
घिमिरे हाल अख्यिारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया