भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ ।
बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेलले बताए । उनका अनुसार नयाँ भवनमा बहिरङ्ग सेवा सुरु भएपछि हाल एक सयभन्दा बढी सेवाग्राही थपिएका छन् ।
पुरानो भवनमा दैनिक दुई सयदेखि दुई सय ५० बिरामी आउने गरेकामा हाल नयाँ भवनमा सरेपछि तीन सयदेखि तीन सय ५० सम्म बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवामा पनि बिरामी बढिरहेका छन् । दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पतालका चिकित्सक, कर्मचारी र समितिको समन्वयमा भवनको पूरा काम नसकिँदै सेवा पुनः सञ्चालन गरेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकालले बताए ।
सरकारको रु २२ करोड २२ लाख पाँच हजार तीन सय ८३ को अनुमानित लागतमा बोलपत्र आह्वान भएकामा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष ०७२÷७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया