कोरोना अपडेट : थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

लोकपथ
78
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ६८२ परीक्षण गर्दा थप ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?