काभ्रेबाट जुवातास खेलिरहेका १० जना जुवाडे पक्राउ

लोकपथ
117
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट जुवातास खेलिरहेका १० जना जुवाडे पक्राउ परेका छन् । नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठ लगायत १० जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयकाभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९६ हजार ३ सय ६० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?