सर्वोच्चका कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश सिन्हा कोरोना संक्रमित

लोकपथ
35
Shares

काठमाडाैं । कायम मुकायम प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्वोच्च स्रोतका अनुसार दुबै जनाको स्वास्थ्य समान्य रहेको छ ।

केही दिनदेखि कोरोनाको लक्षण देखिएपछि उनीहरुले परीक्षण गराएको सर्वोच्चले जनाएको छ ।

दुबै जना अहिले होम आइसोलेशनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?