बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार मकवानपुरको हेटौडा नगरपालिका घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका ४५ बर्षिय अनुप राजथलालाई बानेश्वरको थापागाउँबाट आज बिहिबार पक्राउ गरिएको हो ।

उक्त कार्यालयका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ जेठ ३० गते भएको फैसलामा प्रतिवादी राजथलालाई १२ लाख रुपैयाँ जरिवाना, चार दिन कैद र ४८ हजार रुपैयाँ क्षतिपूर्ती शुल्क भराउने फैसला भएको थियो ।

सो पश्चात भने फरार रहेका राजथलालाई अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलिले बिहिबार बानेश्वरको थापगाउँबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?