सिद्धार्थ क्यापिटद्वारा असोज २५ गते साधारणसभा आह्वान

काठमाडौं । सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटले असोज २५ गते सातौँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । 

सिद्धार्थ क्यापिटलले लाभांश पारित गर्नका असोज २५ गते सातौँ साधारणसभा आह्वान गरेको हो । 

काठमाडौंको लाजिम्पाटस्थित शंकर होटलमा दिउँसो ३ बजे बोलाइएको सभाले चुक्त पूँजीको ३० प्रतिशत नगद लाभांश प्रस्तावन पारित गर्ने भएको हो । 

आर्थिक वर्ष २०७४–७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल ६ करोडको कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीको साधारण सभाले पारित गर्नेछ । 

साथै साधारणसभामा आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र वार्षिक प्रतिवेदनसमेत पारित गर्ने लगायतमा प्रस्ताव रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?