चिनियाँ नागरिक अपहरणमा संलग्न न्यायाधीशका पीएसओ र घुमुवा पक्राउ

लोकपथ
104
Shares

काठमाडौं । एक चिनियाँ नागरिकलाई अपहण गरी फिरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकारीको पनि संलग्नता रहेको खुलेको छ । बुधबार साँझ एक चिनियाँ नागरिक अपहण गरी बन्धक बनाएको आरोपमा पक्राउ परेका ६ जनामध्ये २ जना नेपाल प्रहरीका अधिकारी पनि संलग्न रहेको खुलेको हो ।

बिहीबार जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोली उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले चिनियाँलाई अपहरण गरेर राजधानीको गोंगबुस्थित एक होटलमा राखेका थिए भने रकम लिन गोंगबुकै बिजी मलमा बोलाएपछि रकम लिने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार ३७ वर्षका कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षका शिव सुनुवार पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यमा वर्ष २८ का लक्ष्मण गुरुङ, वर्ष २९ का रोहित मगर, वर्ष २८ का विशाल मगर र वर्ष २७ का विनोद केसी रहेका प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई म्याद थपका लागि आज प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?