थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, ३२४ जना निको भए

लोकपथ
26
Shares

काठमाडौं । आज नेपालमा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ५ हजार ९२६ जनाको नमूना परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना ३ हजार ३३३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । आज ३२४ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?