पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध

लोकपथ
77
Shares

लमजुङ । पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले बताए।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो ।

सडक अबरुद्ध हुँदा बेँसिशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी बेँसिशहरतर्फ र मनाङबाट बेसिशहर आउदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?