चिनियाँ नागरिकसँग १ करोड फिरौती मागेको आरोपमा ६ जना पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । एक चिनियाँ नागरिकलाई अपहण गरी फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौंमा बुधबार साँझ एक चिनियाँ नागरिक अपहण गरी बन्धक बनाएको प्रहरीले जनाएको छ । उनीहरुले चिनियाँ नागरिकसँग एक करोड रुपैयाँ फिरौटी मागिएको प्रहरीको भनाइ छ । चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको विवरण प्रहरीले सार्वजनिक गरेको छैन, उनीहरुमाथि म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?