दाङमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु

लोकपथ
63
Shares

दाङ । दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् ।

ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?