बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रम : साइकल खरिदमा भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा

लोकपथ
70
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई, सह लेखापाल, ओम सत्य साई प्रालि वीरगन्जमा रेनु अग्रवालसहित ६ जना तथा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी र सदस्य ४ जना गरी १० जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले लामो अनुसन्धान गर्दा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?