जापानिज भाषा र सीप सिकेका ८५० नेपाली जापान जाँदै

लोकपथ
126
Shares

काठमाडौं । नेपाल र जापान सरकारबीच भएको एसएसडब्लु प्रणालीमार्फत नेपाली नागरिकहरु जापान जाने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भाषा र सीप सिकेका ८५० जनालाई जापान पठाउन लागेको हो । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ८५० नेपाली नागरिकलाई जापान पठाउने अन्तिम तयारी गरेको हो ।

नेपाल र जापान सरकारबीच २०१९ मार्चमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणालीअन्तर्गत जापनीज भाषा तथा सीप परिक्षा उत्तिर्ण गरेका नेपाली नागरिकहरुले जापानमा रहेका १४ वटा विभिन्न पेशागत क्षेत्रहरुमा रोजगारी पाउनेछन् ।

सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक कार्यसमिति बनेको थियो जसमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहेका छन्।

त्यस्तै, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ।

भोलि (साउन १९ गते) उनीहरुबीच बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ।

मन्त्रालयले उक्त विषयमा विस्तृत विवरण भने भोलि (साउन १९ गते)को बैठक पछि दिइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?