उकालो लाग्दै कोरोना ग्राफ : थप ९१५ जनामा संक्रमण पुष्टि

लोकपथ
286
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?