डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकपथ
117
Shares

डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पुर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ट्रयाक्टरमै सवार २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्रयाक्टर हिजो साँझ पौने ६ बजे अनियन्त्रित भई पल्टिएको थियो । ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माझफाल डोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?