नेपालमा कोरोना : थप ८१४ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

लोकपथ
77
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ४ सय १४ परीक्षणमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

No photo description available.

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?