एमालेको आग्रहमा संसद बैठक ५ दिन सारियो

लोकपथ
126
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि सरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा ५ दिन बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार संसदको अर्को बैठक साउन २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

‘प्रतिनिधि सभाको अर्को बैठक २०७९ साउन २२ गते आइतबार बिहान ११ बजे बस्ने छ । प्रमुख विपक्षी दलको आग्रहमा संसद बैठक ५ दिन पर सर्यो ।’ संसद सचिवालयले भनेको छ ।

आज बसेको बैठकमा विभिन्न विधेयकका विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?