कोरोना संक्रमित आमाले सन्तानलाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ?

लोकपथ
77
Shares

काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमित आमाले जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्ना सन्तानहरुलाई स्तनपान गराउन सक्ने जनाएका छन् ।

कोभिड संक्रमित आमाले सन्तानलाई स्तनपान गराउँदा कोरोना सर्न सर्छ वा सर्दैन भन्ने बहस चलिरहँदा विज्ञहरुले सो कुरा बताएका हुन् ।

स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचनामूलक सन्देश जारी गर्दै सो कुरा जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार आमाको दुधबाट कोरोना भाइरस नसर्ने तर भाइरस स्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले स्तनपान गराउनुअघि साबुनपानीले हात धोएर मास्क लगाउन सक्नेछन् ।
‘आमाको दुधबाट कोरोना भाइरस सर्दैन । तर भाइरस श्वासप्रश्वासको माध्यमबाट सजिलै सर्ने हुनाले बच्चालाई स्तनपान गराउनुअघि अनिवार्य रुपमा मास्क लगाउनुपर्छ र आफ्नो हात साबुनपानीले राम्रोसँग धोएको हुनुपर्छ ।’ जारी सूचनामा भनिएको छ ।

साथै कोरोना संक्रमणबाट बच्नका लागि जनश्वास्थ्यका सबै मापदण्डको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?