काठमाडौं । प्रहरीले बाँकेबाट लेनदेन मुद्दाका फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ बस्ने ३४ वर्षीय पुस्करकुमार सोनीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेको २०७९ जेठ १३ गतेको फैसलाले लेनदेन मुद्दामा ३ महिना कैद तोकि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउपछि प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बाँकेमा बुझाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया