आज ११ बजे देखी राहदानीको अनलाइन आवेदन खुल्ने

लोकपथ
84
Shares

काठमाडौं । राहदानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखिनै खुल्ने भएको छ।

राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।

प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?