सहिदको सम्झनामा रक्तदान

लोकपथ
35
Shares

उदयपुर । नेपाल निजामती कर्मचारी संगठन उदयपुरले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संगठनको सभाहलमा आयोजित रक्तदानमा ८५ जनाले रगतदान गरेका छन् । रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्ने हेतुले परोपकारी भावले कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष पुण्यप्रसाद पौड्ेलले बताए ।

संगठनको बार्षिक कार्यक्रम अनुसार रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।

तत्कालिन शासकहरुले गरेको अत्याचारको विरुद्धमा आन्दोलनगर्दा मनोज जोशिलाई २०४८ साउन १५ खोटाङको दिक्तेल, झपेन्द्र कार्कीलाई २०४६ र सुरेन्द्र विकलाई २०६४ माघ ८ गते कोटडाँडा ८ मुगुमा राज्य पंक्षबाट गोली हानी हत्या गरिएको थियो ।

रक्तदान कार्यक्रम अघि संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सहिद द्धयले मुलुक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरुले सहिदद्वयलाई सहिद घोषणा गर्न समेत माग गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य बेदप्रसाद पोखरेल, बिमल कार्की, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, सचिवालय सदस्य सृजना दनुवार, संगठनका केन्द्रिय सदस्य महेश फुयाँल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?