काभ्रेस्थली घटना : सुनिताका दाजु नआएसम्म माईती पक्षले शव उठाउन नदिने

लोकपथ
2k
Shares

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा मृत भेटिएकाहरु ४ जनाको शव उठाउने तयारी भइरहेको छ । मृतक सुनिताका माईती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन दिएका छैनन् ।

हाल माइती पक्षसँगको कुराकानी भएपछि मृतक सुनिताका दाजु घटनास्थलतर्फ आउदै गरेको र दाजु आउने बित्तीकै शव उठाइने काभ्रेस्थली वडा नम्बर २ का वडाअध्यक्ष राधाकृष्ण खड्गीले लोकपथलाई जानकारी दिए ।

सोमबार बिहान काभ्रेस्थलीका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ३ जना (सुनिता आशिक र आशिका पाण्डे) को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियाे । भने दिनेशको शवमा भने पेटमा चक्कु रोपिएको थियाे ।

घरका भित्ता लगायत खाटहरुमा रगतको छिर्काहरु भेटिएको थियाे । कोठामा डोरी पनि भेट्टएिको थियाे।

स्थानीयहरुका अनुसार दिनेश र सुनिताको बेलाबेलामा झगडा भइरहने गरेको थियो । उनीहरुबीचको झगडाको विषय पटक-पटक बालाजु वृतमा समेत पुगेको थियो । उनीहरुबीच धेरैपटक मेलमिलाप गरी पठाइएको बालाजु वृत्तले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?