कोरोना संक्रमित बढेपछि सरकारले थाल्यो तयारी, यी १७ अस्पतालमा हुन्छ नि:शुल्क उपचार

लोकपथ
84
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमाणको जोखिम बढेसँगै सरकारले रोकथाम तथा उपचारको लागि तयारी थालेको छ ।

संक्रमणको जोखिम बढेसँगै सरकारले ७ वटै प्रदेशहरुमा अस्पतालहरु छुट्टयाई नि:शुल्क उपचारको व्यवस्था समेत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कोभिड-१९ संक्रमणको मध्यम र गम्भीर अवस्था भएका बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्ने र ती अस्पतालहरुलाई बिरामीहरुको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था समेत गरेको छ ।

सरकारले ७ वटै प्रदेशमा गरी १७ वटा अस्पतालहरुमा कोरोनाका बिरामीको निशुल्क उपचारको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

जसमा बागमती प्रदेशका मात्रै ५ वटा अस्पतालालाई कोभिडको निशुल्क उपचारको व्यवस्था गरिएको छ ।
हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल लगायतमा कोरोनाको अपचार निशुल्क हुने व्यवस्था गरेको छ ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सरकारले त्यसको तयारी थालेको हो । पछिल्लो २५ घण्टामा मात्रै नेपालमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?