बढ्यो कोरोना संक्रमणको जोखिम, सक्रिय संक्रमितको संख्या ५ हजार नजिक (तथ्यांकसहित)

लोकपथ
221
Shares

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा ६३२ जनाको पीसीआर र २६३ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६८ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा नेपालमा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७० हजार ३ सय २६ पुगेको छ ।

यसअघि आइतबार नेपालमा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा कोरोना सक्रमितको संख्यामा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ ।

हाल देशभर ४ हजार ९ सय ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?