भारतबाट घटेर आयो इन्धनको मूल्य

लोकपथ
767
Shares

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतबाट पछिल्लो पटक पठाइएको मूल्यसूची अनुसार नेपालमा आयात भएको पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमको खरिद मूल्यसूचीअनुसार भारतबाट नेपाल पठाएको इन्धनको मूल्य घटेको हो । नेपाल आयल निगमले खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैंसा र डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैंसा मूल्य घटेको छ ।

यसअघि पनि आईओसीले मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैंसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैंसा मूल्य घटेर आएको थियो । भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य समायोजन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य घटेसँगै भारतले पनि रिफाइनरी इन्धनको मूल्य घटाएर पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?