बाढीपहिरोले सडक बगाउँदा बेँसिसहर-चामे सडक अवरुद्ध

लोकपथ
169
Shares

लमजुङ । आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेँसिसहर-चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे-बेँसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार कोतोमा २० मिटर जति सडक बगाएको छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेँसीसहर-चामे सडक अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?