काभ्रेस्थली घटना अपडेट : श्रीमान श्रीमतीबीच थिएन मेलमिलाप, शंकाको सुई श्रीमानतिर

लोकपथ
9.9k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला परेका छन् ।

एकै घरका चारै जना मृत अवस्थामा फेलापरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र बालाजु वृतको टोली घटनास्थल पुगेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, उनकी छोरी १३ वर्षीय आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे रहेका छन् ।

उक्त घटना काभ्रेस्थली वडा नम्बर २ को पदमसालको हो । काभ्रेस्थली वडा नम्बर २ का वडाअध्यक्ष राधाकृष्ण खड्गीले घटना बेलुका नै भएको आशंका गरेका छन् । । दिनेशले नै बाँकी परवारका सदस्यको हत्या गरेको र आफूले आफैलाई चक्कु रोपेको जस्तो घटनाको प्रकृतिले देखाउने उनले बताए ।

कसरी थाहा भयाे ?

सोमबार बिहान सधैझै स्कुल जाने समयमा आशिक आशिकाका साथीहरुले उनीहरुलाई घर बाहिर आएर बोलाए । घरको ढोका भित्रबाट लक गरिएको भएपनि भित्रबाट कोही पनि बोलेनन् ।

बिहानको ९:३० को समयसम्म पनि घरकाे ढाेका नखाेल्नु र बोलाउदा पनि कोही नबोलेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरे ।

प्रहरीले पुगेपछि घरभित्र ४ जनाकै शव भेटिएको थियो ।

शवको प्रकृति

३ जना (सुनिता आशिक र आशिका पाण्डे) को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । भने दिनेशको शवमा भने पेटमा चक्कु रोपिएको छ ।

घरका भित्ता लगायत खाटहरुमा रगतको छिर्काहरु भेटिएको छ । कोठामा डोरी पनि भेट्टएिको छ ।

स्थानीयहरुका अनुसार दिनेश र सुनिताको बेलाबेलामा झगडा भइरहने गरेको थियो । उनीहरुबीचको झगडाको विषय पटक-पटक बालाजु वृतमा समेत पुगेको थियो । उनीहरुबीच धेरैपटक मेलमिलाप गरी पठाइएको बालाजु वृत्तले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?