१ भाद्र २०७९, बुधबार

काभ्रेस्थली घटना अपडेट : चारै जनाको चक्कु प्रहार गरि हत्या, घटनास्थल पुग्यो प्रहरी

२०७९,श्रावण,१६,सोमवार १४:११

513
Shares

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको हत्या भएको पुष्टि भएको छ ।

सोमबार बिहान एकै परिवारका मृत भेटिएका ४ जनाको हत्या भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, उनकी छोरी १३ वर्षीय आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे रहेका छन् ।

उनीहरुमाथि चक्कु प्रहार गरेर हत्या गरेको उनले बताए ।

सोमबार दिउँसो स्थानीयले खबर गरेसँगै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा रहेका एक स्थानीयका अनुसार गोरखा घास्राङ घर भइ सोही स्थानमा पसल गरि दिनेशको परिवार बस्दै आएको थियो । दिनेशले परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको आशंका गरिएको ती स्थानीयले बताए ।

यो पनि

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला

प्रकाशित मिति: २०७९,श्रावण,१६,सोमवार १४:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाअभियोग प्रस्तावलाई सत्तापक्षका चाँडो टुंग्याउने पक्षमा उभिएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा छलफल सुरु भएको छ । समितिका

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक आजपनि बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ

काठमाडौं । संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका

ताजा समाचार