छुट्टाछुट्टै स्थानमा लागुऔषध गाँजासहित पक्राउ

लोकपथ
13
Shares

काठमाडौं । झापा र बाराका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध गाँजासहित पक्राउ र बरामद गरेको छ ।
झापाको मेचिनगर नगरपालिका–१४ दुवागढी बस्ने ५० वर्षीया जेगुन खातुनलाई करिब २ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित सडकबाट करिब ३५ किलोग्राम अवैध लागुऔषध गाँजा आइतबार साझ प्रहरीले बरामद गरेको छ ।

बीआर २२ एएल ५६६७ नम्बरको मोटरसाइकलमा उक्त गाँजा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले मोटरसाइकल र गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?