प्रहरी हिरासतमा मृत्यु भएका यादवको घटनाको छानबिन गर्न राजपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय जनता पार्टी (नेपाल)ले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका राममनोहर यादवको घटनाको सथ्यतथ्य छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । 

आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै राजपा नेपालकी सांसद चन्दा चौधरीले सो माग राखेकि हुन् । 

भदौ ७ गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राममनोहर यादवसहितका नेताहरुले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई कालो झण्डा देखाउँदा पक्राउ परेका थिए ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो । उनको प्रहरी हिरासतमै रहेका बेला मृत्यु भएको थियो ।

त्यसैगरी सांसद चौधरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ५३ दिन बितिसक्दा पनि हत्यार अझै पत्ता लगाउन नसकेको भन्दै सरकारको चर्काे आलोचना समेत गरिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?