काठमाडौं । इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नायिका तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छिन् ।
आइतबार एक कार्यक्रमबीच विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको कन्सल्टेन्सी र नायिका नम्रताबीच सम्झौता पत्र आदानप्रदान भएको हो ।

उनी ब्राण्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो । ब्राण्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् । उनले आफूले बोल्दा कसैको जीवनसँग सम्बन्धित हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्राण्ड एम्बास्डर बन्ने निर्णय गरेको बताइन् ।
उनले उच्च शिक्षाका लागि विदेश जानपरे कल्सलटेन्सीमा आएर बुझ्न आग्रह गरिन् । कन्सल्टेन्सीको कार्यालय उद्घाटन कार्यक्रममा गायक थानेश्वर गौतम, निर्देशक सुव्रतराज आचार्य, गायिका रितु कँडेल लगायतको पनि उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया