नेपालमा स्कोडाको बिक्री साढे ५ गुणा बढ्यो

लोकपथ
77
Shares

काठमाडौं । नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ । एमएडब्लु स्कोडाले गतवर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो जसको लगत्तै यो नेपाली बजारमा ‘हिट्’ सावित भयो ।

यसको ड्राइभिंग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो । त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत गरिरह्यो ।

कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट विक्री भएको स्कोडा कुशाकको मार्केट शेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको छ ।

स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन टिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनिओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?