प्रतिनिधिसभा बैठक : मौलिक हकसम्बन्धि विधेयक पारित हुँदै

काठमाडौं । प्रतिनिधि र राष्ट्रियसभामा आइतबार मौलिक हकसँग सम्बन्धित विधेयक पारित हुने भएको छ । 

आतइबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट आएका अपराध पीडित संरक्षण विधेयक र बालबालिका सम्बन्धी विधेयक पारितको प्रक्रिया शुरु हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै दुवै विधयेकमाथि संशोधन दर्ताका लागि आइतबार बिहान १०ः३० बजेसम्मको समय तोकिएको थियो । साथै प्रतिनिधिसभाले २ दिनमा १३ विधयेक पारित गरिसकेको छ ।
सो समय भित्र परेका संसोधनसँगै विधयेक पारितको प्रक्रिया अघि बढ्नेछ । 

हिजो बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक, रोजगारीको हक सम्बन्धी विधेयक, उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकार सम्बन्धी विधेयक, आवासको अधिकार सम्बन्धी विधेयकका साथै भूमि सम्बन्धी सातौं संशोधन विधेयक सैद्धान्तिक छलफल गरी सर्वसम्मतीले पारीत गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?