काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ८ सय ४६ परीक्षणमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसै अवधिमा थप २ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल ४ हजार ५ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया