लम्सालको अग्निसहित पद्मश्री साहित्य पुरस्कारका लागि ५ पुस्तक छनोट

लोकपथ
2.4k
Shares

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट पॉच पुस्तकको संक्षिप्त सूचि घोषणा भएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पुरस्कारका लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो ।

सोही समितिले नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको सङ्ग्राहलय अन्तिम ५ मा छनोट गरेको हो ।

विक्रम संवत २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट निर्धारित मापदण्डबमोजिम मूल्याङ्कन गरी समितिले सिफारिस गरेको पन्ध्र वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरिएको थियो ।

उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट संक्षिप्त सूची उपलब्ध गराएको हो ।

तेस्रो तथा अन्तिम चरणमा यिनै पाँच कृतिहरूमध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?