अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

लोकपथ
42
Shares

बर्दिया । मधुवन नगरपालिका–८ कुसुम्बाघाट जंगलबाट करिब ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ र नगद १३ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका–८ गाउँ नम्बर ६ बस्ने २६ वर्षीय दोर्णराज गुरूङ लगायत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरी र ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ, नगद र उनीहरूले प्रयोग गरेको भे.११ प १३६२ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?