डाँका गरेको अभियोगमा पाँच जना पक्राउ

लोकपथ
286
Shares

काठमाडौं । प्रहरीले धनमाल डाँका गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ चाबहिल सरस्वतीनगरमा खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–१० स्थायी वतन भएकी ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायतका धनमाल डाँका गरेको कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिबन गाउँपालिका–४ घर भएका २४ वर्षीय उत्तम तामाङ, गोकणेश्वर नगरपालिका–६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका–६ जोरपाटी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका घर भएका २२ वर्षीय कल्याणकुमार सुबेदी र काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका–५ घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् ।

कुकुरलाई दिशा गराउन भनि साउन ८ गते बिहान ३ बजे पसलको सटर खोल्दा तत्काल नाम, थर, वतन नखुलेका ३ जना ब्यक्तिहरू सटरभित्र प्रवेश गरी ती महिलाको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधेर कुटपिट गरी उक्त धनमाल डाँका गरेको भन्ने सूचनाको आधारमा प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उतम तामाङको साथबाट नगद २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल लगायतका दशी प्रमाण बरामद गरेको छ ।
उनीहरू उपर डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?