प्यूठानमा जिप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, ९ जनाको अवस्था गम्भीर

लोकपथ
196
Shares

काठमाडौं । प्यूठानमा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा दुर्घटना भएको हो ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जिप दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?