घुस लिएको आरोपमा ९ जना प्रहरी अख्तियारको फन्दामा

काठमाडौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौं उपत्यकाबाट ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले पक्राउ गरेकाहरुमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)सहित ९ जना रहेका छन् । 

आयोगबाट खटिएको टोलीले असई गोपाल श्रेष्ठको साथबाट ३० हजार घुस रकमसहित नियन्त्रणमा लिएको बताईएको छ भने प्रभाग कोटेश्वरमा नै कार्यरत प्रहरी जवान मुकेश पटेललाई पनि ५ हजार घुस रकमसहित अख्तियार टोलिले नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी अख्तियार टोलीले काँडाघारीबाट नै दुईजना प्रहरी सहायक निरीक्षक (असई), दुई हवल्दार र चार जना प्रहरी जवान अन्य सातजना प्रहरीलाई घुस रकमसहित नियन्त्रणमा लिएको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?