गगन थापाले भने, ‘कार्य क्षमता र सोचमा ‘बादल’ लागेकोले ‘गृहमन्त्री हामीलाई चाहिन्छ र ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको कार्य क्षमता कमजोर रहेको आरोप लागएका छन् । 

शनिबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कार्य क्षमता र सोचमा ‘बादल’ लागेकोले ‘गृहमन्त्री हामीलाई चाहिन्छ र ?’भन्दै गृहमन्त्री बादलको कार्य शैलीको विरोध गरेका हुन् । 

देशमा बढ्दै गएको पछिलो  घटनामा गृहमन्त्री थापाले लिएका निर्णयले काम गर्ने क्षमता नभएको भन्दै गगन थापाले गृहमन्त्रीको आलोचना गरे ।

त्यस्तै बैठकमा सांसद कृष्णकुमार राईले विकासमा पूर्वाधारको काममा सरकारको एक रुपता नदिएको आरोप लगाए । उनले चाबहिल–जोरपाटी–साँखु सडकखण्ड समयमा नबन्दा स्थानीय जनप्रतिनिधिले सार्वजनिक रुपमा उभिन नसक्ने अवस्था आएको भन्दै सडक निर्माणलाई तीब्रता दिन माग गरे  । 

गजेन्द्रबहादुर महतले स्थानीय पूर्वाधार कोष परिचालन नहुँदा दुर्गम र ग्रामिण क्षेत्रको साना–साना विकास आयोजना प्रभावित भएको गुनासो गरे ।

सांसद कृष्णकुमार श्रेष्ठले कलंकी–नागढुंगा र नागढुंगा–नौबिसे सडकखण्डमा हुने सवारी जामले सर्वसाधारण जनाताले दुःख पाएको बताए । उनले भने काठमाडौं बाहिर जाने र काठमाडौं आउने नागरिकले दुःख पाउने गरेको भन्दै दशैं अगाडि जाम कम गर्न सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?