नेकपाका अध्यक्ष प्रचण्ड चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन प्रस्थान गरेका छन् । 

शनिबार अध्यक्ष प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेका हुन् । 

चीन प्रस्थान गर्नु अघि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘दुई पार्टीके सम्बन्ध र दुई देशबीच भएको सहमति तथा आपसी समझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको मुख्य उद्देश्य भएको बताए ।’

यसअघि भारत भ्रमण सकेर नेपाल आएका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको निमन्त्रणमा जान लागेको पार्टी टु पार्टी सम्बन्ध नै चीन भ्रमणको मुख्य विषय हुने बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?