प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको आज छुट्टाछुट्टै बैठक बस्दै छ । 

शनिबार दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरु प्रस्तुत हुँदैछ । 

बैठकमा गृहमन्त्री रामवहादुर थापा ‘बादल’ले वैयक्तिक गोपनियता सम्बन्धि विधेयक प्रस्तुत गर्दै छन् । 

यस्तै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको जातीय भेदभाव तथा छुवाछुत कसुर र संजाय सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । साथै बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक र वातावारण संरक्षण सम्वन्धी पहिलो संशोधन विधेयक पनि प्रस्तुत हुँदैछ । 

त्यस्तै आजै बस्ने राष्ट्रियसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य मिना पाण्डेले सामाजिक सुरक्षा विधेयक समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ । 

यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सदस्य मान बहादुर विश्वकर्माले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक समेत पेश गर्ने कार्यक्रम रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?