नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भयो : डा.खड्ग केसी

लोकपथ
42
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा.खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन् ।

ललितपुरमा आयोजित बदलिदो भूराजनीतिक अवस्था र नेपालबारे अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको बताए ।

उनले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको बताए । उनले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको होइन? भन्दै प्रश्न गरे । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंका गरे ।

उनले भने, ‘नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ हामीले धेरै छ । एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा दोधारता छ । हुनतः व्याख्यात्मक टिप्पणी भन्ने एउटा लाज छोप्ने आधार ल्याएको छ । तर, आईपीएसको अंग हो वा होइन भन्ने कुरा अझै विश्वस्त भएका छैनौँ । एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको हो कि भन्ने कुरा आउँछ ।

एसपीपीमा पनि त्यही काम फरक नाममा ल्याउन लागेको जस्तो भित्र हल्ला छ ।’ उनले नेपालको मित्रता टाढाको छिमेकीसँग बढ्दै गए त्यसले राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?