उपत्यकामा एकैदिन २४ सय ७५ जना सवारी चालकमाथि कारबाही

लोकपथ
119
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लने असुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र नम्बर प्लेट नदेखिने गरी राख्ने ४० जना सवारी चालक छन् ।

यस्तै, २ हजार १०६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?