देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा. शेखर कोईराला

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । उनले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताए । नेता कोईरालाले जनतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गरे ।

नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीको नरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?