दिन दिनै उकालो लाग्दै कोरोना संक्रमितको संख्या : थप ७१० जनामा संक्रमण पुष्टि

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा गरिएको ५ हजार २५ नमुना परीक्षणमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

No description available.

बितेको २४ घण्टामा थप २ सय १५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २ सय ३६ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?