घरमै १० मिनेटमा तयार हुन्छ पनिर कटलेट, यस्तो छ रेसिपी

लोकपथ
182
Shares

काठमाडौं । बेलुकाको चियासँगै मिठो खानेकुरा खान मन लाग्छ । त्यसैले तपाईं पनिर कटलेट बनाउन सक्नुहुन्छ। पनिर कटलेट सबैलाई मनपर्छ र छोटो समयमै तयार हुन्छ।

घरमा पाहुना आएको बेलामा छिटै खाजा बनाउन मन लागेमा पनिर कटलेट सजिलै तयार गर्न सकिन्छ ।

मसालेदार पनीर कटलेटको लागि सामग्री : 

पनिर (आवश्यकता अनुसार), एक कप बेसन, रातो खुर्सानीको धूलो, चाट मसाला, गरम मसाला, एक चिम्टी धनियाँ, स्वाद अनुसार नुन, फ्राइको लागि तेल, चिली सस ।

चीज

पनिर पकौडा कसरी बनाउने : 

सबैभन्दा पहिले ब्याटर बनाउनको लागि बेसनमा नुन हाल्नुहोस्। त्यसपछि एक चम्चा रातो खुर्सानीको धुलो, धनियाको धुलो, गरम मसाला, चाट मसाला मिसाउनुहोस् । एक चम्चा बेसार पनि हाल्नुहोस् । बेसारहालेपछि बिस्तारै पानी हालेर ब्याटर बनाउनुहोस्। ब्याटर बनाउँदा ध्यान राख्नुहोस् कि यसमा डल्लो नबनोस्। र यो धेरै पातलो हुनु हुँदैन।

पनिरलाई आफूलाई मन लागेको आकारमा काट्नुहोस्। चीजको टुक्रालाई अलिकति राख्नुहोस्।

पनीर रेसिपी

सबै पनिरको टुक्राहरूको बीचबाट हल्का चीरा बनाउनुहोस् र यसमा हरियो चटनी वा चिली सस भर्नुहोस्। यसले पकोडालाई मसालेदार र स्वादिष्ट बनाउनेछ।

त्यसपछि पनिरलाई अगाडी बनाउनुभएको ब्याटरमा पनिरका टुक्राहरुलाई मोल्नुहोस् । मोलि सकेपछि कन्ती वा फ्राइप्यानमा तेल हाल्नुहोस् र पनिरलाई मन्द हिटमा पकाउनुहोस् ।

पनीर कटलेट

यसरी तपाइकाे पिनर कटलेट तयार हन्छ । टमाटर सससँग तातो तातो पनिर कटलेट खानसुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?