काठमाडौं । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको हत्या अझै पत्ता लाग्न सकेको छैन ।
यही भदौ ४ गते काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए ।
प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालिको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । तर, अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता नदेखिएका पछि उनीहरु छुटेका छन् ।
अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहका अनुसार हामीले अनुसन्धानको लागि नियन्त्रणमा लिएका तिनैजना धरौटीमा रिहा गरेका छौ ।
महानगरीय अपराध महाशाखाले २४ दिन हिरासतमा राखेर सानुकान्छा, आइतसिंह र जय बहादुरबारे अनुसन्धान गरेको थियो । तर, पूर्व राजदुत झाको हत्यामा उनिहरुको संलग्नता पुष्टि गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई जनही ८–८ हजार धरौटी लिएर छाड्न आदेश दिएका छन् ।
त्रिवी शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमार्टम रिपोर्ट अनुसार झाको मृत्युको कारण ‘घाँटीमा जबर्जस्ती गहिरो चोट’का कारण भएको उल्लेख गरिएको छ ।
महानगरीय अपराध महाशाखाले झाको हत्याबारे अनुसन्धान गरिरहेको छ । तर, हत्यामा संलग्नको पहिचान समेत खुल्न नसकेपछि घटना रहस्य हुँदै गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया