ट्राफिक प्रहरीद्वारा ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रिपर चालकमा लागुऔषध सेवन चेकजाँच थालेको छ । यसअघि मोटरसाइकल र ट्याक्सीहरुमा चेकजाँच भएकामा अन्य सवारीसाधानमा पनि चेकजाँच सुरु भएको हो ।

चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित चेकजाँच थालिएकामा बुधबार राति काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल , बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकमा चेकजाँच गरेको हो ।

चेकजाँचको लागि आवश्यक प्रविधिक टोली र किट जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले उपलब्ध गराएको थियो ।

अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहतरुपमा संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?